नेटटीभीमा बलिउड चलचित्र लक्ष्मी प्रसारण

काठमाडौं । नेटटीभीले बालिउड चलचित्र ‘लक्ष्मी’ को प्रिमियर शो भइरहेको छ । नोभेम्बर १६ अर्थात् भोलि नेपालको दुवै प्लेटफर्म नेटटीभी सेटटप बक्स र नेटटीभी एपमार्फत हेर्न सकिने गरी प्रसारण भइरहेको हो ।

अक्षय कुमारद्वारा अभिनित चलचित्र विश्वव्यापी डिजिटल प्लेटफर्ममा रिलिज हुन लागेको हो । वर्ल्डलिंकका ग्राहकहरू जो सँग नेटटीभीको सदस्यता छ, यस चलचित्रलाई टीभीमा पनि रिलिज भएको पहिलो दिनमै नेटटीभी सेटअप बक्समार्फत हेर्न सक्नेछन । अरू गैरवर्ल्डलिंक ग्राहकहरूले नेटटीभी एप डाउनलोड गरेर आफ्नो मोबाइलमा चलचित्र हेर्न सक्ने जनाइएको छ ।

नेटटीभीका प्रमुख कार्यकारी अधिकृत निरान राजभण्डारीले अहिलेको अवस्थामा सबै सिनेमा हल र मल्टिप्लेक्सहरु बन्द भएकाले मनोरञ्‍जनका विकल्पहरू कम भएको बताए । ‘लक्ष्मी’ बलिउडको ठूलो बजेटको चलचित्र हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप