तिहारको मैनवतीबाट घरमा आगलागी, सात वर्षीया बालिकाको मृत्यु

झापा । तिहारमा बालेको मैनबतीबाट घरमा आगलागी हुँदा झापाको कमल गाउँपालिका-२ थापागाउँमा एक बालिकाको ज्यान गएको छ ।

स्थानीय ध्रुव परियारको घरमा आगलागी हुँदा उनकी ७ वर्षीया छोरी रेजिकाको जलेर मृत्यु भएको हो । प्रहरीका अनुसार आइतबार राति ९ बजे परियारको घरमा बालिएको मैनबत्तीबाट आगो सल्किएको हो ।

आगोले ग्याँस सिलिण्डर पड्किँदा घरभित्र रहेकी बालिकाको जलेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी विजयराज पण्डितले जानकारी दिए । आगोले घर पूरै नष्ट भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बझाङमा मतगणना गर्न सर्वदलीय बैठक सुरु

काठमाडौं । उपनिर्वाचनअन्तर्गत बझाङ-१ ‘क’ मा मतगणना गर्न सर्वदलीय बैठक सुरु भएको छ । शनिबार …

प्रतिकृया दिनुहॊस