राष्ट्रिय वाणिज्य बैंक र पूर्व सशस्त्र प्रहरी संघबीच सम्झौता

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक र नेपाल पूर्व सशस्त्र प्रहरी संघबीच पेन्सनर कर्जा प्रवाह गर्ने सम्बन्धमा  सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र संघका अध्यक्ष किशोरकुमार लामाले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता भएपश्चात नेपाल पूर्व सशस्त्र प्रहरी संघले कर्जा आवश्यक भएका आफ्ना सदस्यहरुलाई बैंकमा सिफारिश गर्नेछ ।

बैंकले सिफारिश भएर आएका सदस्यहरुलाई बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही अधिकतम  १० लाख रुपैंयासम्म आधार दरमा दुई प्रतिशत थप प्रिमियम जोडेर पेन्सनर कर्जा प्रवाह गर्ने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री