महालक्ष्मी विकास बैंक लि. र एस. आर. एल. डायगनोस्टिक (नेपाल) प्रा. लि.बीच सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले एस. आर. एल. डायगनोस्टिक (नेपाल) प्रा. लि. सँग  सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट महाराजगंज शाखाका प्रमुख  पल्लभ श्रेष्ठ र कम्पनीका तर्फबाट नायब बजार प्रमुख अजय यादवले हस्ताक्षर गरे ।
उक्त सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरु तथा कर्मचारीहरुले एस. आर. एल. डायगनोस्टिक (नेपाल) प्रा. लि. मा उपचार गराउँदा प्रयोगशाला परिक्षणमा छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरु साथै कर्मचारीहरुले प्रयोगशालाका सम्पूर्ण परिक्षणमा १५% आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

देशभरी १०३ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आगामी दिनहरुमा उक्त कम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप