काठमाडौं । प्राइम कमर्शियल बैंक चालु आर्थिक वर्षको पहिलो तीन महिनामा एक अर्ब एक करोड रुपैयाँ नाफा गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५४.२४ प्रतिशतले बढी हो ।
बैंकले गत आर्थिक वर्ष २०७६/७७ को पहिलो तीन महिना अर्थात असोज मसान्तसम्ममा ६५ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत असाेज मसान्तसम्ममा बैंकले एक अर्ब ५५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
जुत गत आवको तुलनामा ४९ करोड रुपैयाँ अर्थात ३१ प्रतिशतले बढी हो । कम्पनीले गत आर्थिक वर्षको यसै अवधिमा एक अर्ब ६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
त्यस्तै, सो अवधिमा बैंकको सञ्चालन नाफा एक अर्ब ५७ करोड रुपैयाँबाट बढेर २ अर्ब २५ करोड रुपैयाँमा पुगेको छ । समिक्षा अवधिमा कम्पनी निक्षेप संकलन एक खर्ब १९ करोड रुपैयाँबाट बढेर एक खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा लगानी एक खर्ब १० अर्ब रुपैयाँबाट बढेर एक खर्ब १३ करोड रुपैयाँ पुगेको छ ।
हाल १३ अर्ब ९८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस संस्थाको जगेडा कोषको रकम बढेर ५ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी २९.११ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९.८६ गुणा रहेको छ भने प्रतिसेयर कुल सम्पत्तिको मूल्य एक हजार ११३ रुपैयाँ रहेको छ । समिक्षा अवधिमा निष्क्रिय कर्जा बढेर १.३७ प्रतिशतमा पुगेको छ । बैंकको कष्ट अफ फण्ड घटेर ६.२६ प्रतिशतमा झरेको छ भने सीसीडी रेसियो बढेर ८०.०३ प्रतिशत पुगेको छ ।




