काभ्रेका प्रजिअलाई कोरोना संक्रमण, कार्यालयका सबै सेवा बन्द

काभ्रेपलाञ्चोक । काभ्रेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) शिवराम पोखरेललाई कोरोना भाइरस संक्रमण भएको छ । सिडिओलाई संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेको अत्यावश्यक काम बाहेका सबै सेवा बन्द गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईं (खतिवडा) ले सूचना जारी गरी १८ कात्तिक (आज) देखि २४ कात्तिक (सोमबार) सम्म अत्यावश्यक सेवा बाहेक कार्यालयबाट प्रदान गरिने अन्य नियमित सेवाहरु स्थगित गरिएको जनाएकी छन् । जिल्ला प्रशासन कार्यालय काभ्रेका अन्य केही कर्मचारीलाई पनि संक्रमण देखिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री