काठमाडौँ । भारतको खुफिया एजेन्सी रिसर्च एन्ड एनालेसिस विङ (रअ) का प्रमुख सामन्त गोयल बुधबार नेपाल आएको घटनाले नेपालको राजनीति तरंगित भएको छ ।
यसै सन्दर्भमा नेपाली काँग्रेसकी नेतृ एवं सांसद डा. डिला संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले रअका प्रमुखलाई भेटेर देशको प्रतिष्ठामा आँच पुर्याएको आरोप लगाएकी छन् ।
नेतृ संग्रौलाले नेपाल र भारतबीच चिसिदै गएको सम्बन्धलाई दुई देशबीच राजनीतिक र कुटनैतिक तवरबाट छलफल र संवाद गरेर सुधार गर्ने पर्याप्त ठाउँ हुदाहुदै प्रधानमन्त्रीको यो भेटले अनेक आशंका जन्माएको बताउदै सत्तारुढ दल नेकपा र सरकारले यस बारेमा स्पष्ट गर्नुपर्ने माग राखेकी छन् ।
उनले भनेकी छन् – प्रधानमन्त्री केपी ओलीले नेपाल र भारत बिच चिसिदै गएको सम्बन्धलाई दुई देश बिच राजनीतिक र कुटनैतिक तवरबाट छलफल र सम्बाद गरेर सुधार गर्ने पर्याप्त ठाउँ हुदाहुदै आफ्नो प्रोटोकल समेतलाई बिर्सदै भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त कुमार गोयललाई मध्यराति परराष्ट्र मन्त्रालयका अधिकारी समेतलाई संलग्न नगरी खुलम्खुल्ला भेटबार्ता गर्नु र बार्ताको जानकारी नहुनुले जनतामा अनेकौं आशन्काका साथै नेपालको प्रतिस्ठामा समेत आच आएको महसुस गरेका छन् । त्यसर्थ सरकार र सम्बन्धित दलबाट यथार्थ धारणा नेपाली जनतामा सार्बजनिक गरियोस् ।
प्रतिकृया दिनुहॊस