काठमाडौं । प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा रोल्पाको रोल्पा नगरपालिका वडा नं. -०४ स्थित लिवाङमा २१० औं शाखा खोली सञ्चालनमा ल्याएको छ ।
उक्त शाखाको उद्घाटन रोल्पा नगरपालिकाका मेयर पुर्ण केसीले गरेका छन् ।
बैंकको लिवाङमा शाखा कार्यालयबाट अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृध्दि भई स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा लिवाङ शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले जनाएको छ ।
तपाईंको प्रतिकृया



