कोरोना संक्रमणबाट एकै परिवारका तीनको मृत्यु

काठमाडौँ ।  तनहुँमा एकै परिवारका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भीमाद नगरपालिका-६ का ९८, ७५ र ७२ वर्षीय पुरुष रहेका छन् । तीमध्ये एक बाबु र दुई छोरा छन् ।

९८ वर्षीय पुरुषको काठमाडौँको    मेडिसिटी अस्पतालमा असोज २५ गते, ७५ वर्षीय पुरुषको काठमाडौँस्थित बिएण्डवी अस्पतालमा असोज २४ गते र ७२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा असोज १९ गते मृत्यु भएको हो ।

योसँगै तनहुँमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या  ८ जना पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री