बालिका बलात्कार प्रयासको आरोपमा २३ वर्षीय युवक पक्राउ

लहान । नाबालिकालाई जबरजस्ती करणीको प्रयासको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका-५ लक्ष्मीपुरका २३ वर्षीय शत्रुधन यादव रहेको प्रहरीले जनाएको छ ।

स्थानीय पाँच वर्षीया नाबालिकालाई आँपको बगँंचामा लगेर यादवले जबरजस्ती करणी गर्न खोज्दा निज बालिकाले धकेली भागेको प्रहरीले जनाएको छ ।

पीडित नाबालिकाका परिवारजनले दिएकोे जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको सिरहा प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जीयारले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री