काठमाडौं । आर्थिक पत्रकारहरुका लागि सहकारी सम्बन्धी ५ दिने तालिम शुरु भएको छ । केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रको आयोजनामा आइतबारदेखि ५ दिने सहकारी सम्बन्धी तालिम शुरु भएको हो । तालिममा विभिन्न सञ्चार माध्यममा कार्यरत २९ जना पत्रकारहरु सहभागी रहेका छन् । तालिम १३ गते बिहीबार सम्म सञ्चालन हुनेछ ।

तपाईंको प्रतिकृया




