सप्तकोशी डेभलपमेन्ट बैंकले कमायो २ करोड

काठमाडौं ।सप्तकोशी डेभलपमेन्ट बैंकले तेस्रो त्रैमासमा खुद मुनाफा २ करोड ४८ लाख रुपैयाँ कमाएको छ । यो गत वर्षको तुलनामा ४९ दशमलव २७ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा मुनाफा १ करोड ६६ लाख रुपैयाँ कमाएको थियो ।

५० करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले खुद ब्याज आम्दानीमा ४१ दशमलव ८६ प्रतिशतले र संचालन मुनाफा ५४ दशमलव ५४ वृद्धि गरेको छ । बैंकले निक्षेपमा १ अर्ब १८ करोड २६ लाख रुपैयाँ संकलन गरी कर्जामा १ अर्ब २२ करोड ५७ लाख रुपैयाँ लगानी गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री