आजको मौसम : कुन-कुन प्रदेशमा छ बदलीको सम्भावना ?

काठमाडौं । अहिले प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहेको छ । जल तथा मौसम विञान विभागका अनुसार बंगालको खाडीको उत्तर पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ ।

  • यस्तो छ तीन दिनको पूर्वानुमान :-

असोज २० गते (मंगलबार)
दिउँसो : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १ का थोरै स्थानहरु हल्का देखि मध्यम तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १ का एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज २१ गते (बुधबार)
दिउँसो : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुइ स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश १ का एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज २२ गते (बिहिबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश १ का एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस