गण्डकी विकास बैंकको थप आठवटा शाखाबाट कारोबार शुभारम्भ

काठमाडौं । गण्डकी विकास बैक लिमिटेडले आज एकैदिन थप आठवटा शाखा कार्यालयबाट कारोबार शुभारम्भ गरेको छ ।

नयाँ थप गरिएका शाखाहरुमा मकवानपुरको हेटौडा, चितवनको पर्सा, पोखराको रत्नचोक, पाल्पाको तानसेन, बाँकेको नेपालगञ्ज, कैलालीको धनगढी, दाङको घोराही र काठमाण्डौंको नयाँ वानेश्वर रहेका छन् । यस सगै बैकका ५९ वटा शाखाहरुबाट पुर्ण बैकिग सुविधा प्रदान हुने छ ।

वैकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ कर्जा प्रवाहको साथमा ABBS, ATM, ECC/IPS,CASBA, MOBILE   बैकिङ्ग, लघुवित्त सेवा, रेमिट्यान्स सेवा, सहितको पूर्ण बैकिङ्ग सेवा संचालन गरिएको छ ।

वैकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५९ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा योजनाको साथमा ABBS, ATM, ECC/IPS,CASBA, Mobile बैकिङ्ग सेवा, लकर सेवा, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आबद्घ लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको छ ।

साथै बैकका विभिन्न ठाउँमा १८ वटा शाखाहरु निर्माणधिन अवस्थामा रहेका छन् । बैकले यि शाखाहरु यसै आर्थिक वर्ष भित्र संचालनमा ल्याउने लक्ष्य लिएको छ । यस पश्चात बैकका कुल ७७ वटा शाखा कार्यलयहरु हुने छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री