भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख नाघ्यो

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । पछिल्ला केही साता यता दैनिक एक हजारभन्दा बढीको कोरोनाले नै मृत्यु हुन थालेको भारतमा मृतकको संख्या १ लाख नाघेको हो ।

यो समाचार तयार पार्दासम्म त्यहाँ १ लाख ८७३ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ थप १ हजार ६९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ७९ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

शनिबार ७९ हजार ७७४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६४ लाख ७१ हजार ७३४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५४ लाख २४ हजार ९३४ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ४५ हजार ९१८ जनाको उपचार भइरहेको छ ।

विश्वमा २ करोड ५८ लाखभन्दा बढीले जिते कोरोना
विश्वमा कोरोना जित्नेको संख्या बढेको छ । वर्डोमिटरको पछिल्लो तथ्यांक अनुसार २ करोड ५८ लाख ७४ हजार २९० जनाले कोरोना भाइरसलाई जितेका छन् । तथ्यांक अनुसार हालसम्म विश्वका ३ करोड ४८ लाख १२ हजार ८ सय बढिलाई कोभिड–१९ भएकोमा ९६ प्रतिशत निको भएका छन् ।

विश्वभरको तथ्यांक हेर्ने हो भने कोभिड–१९ बाट मृत्यु हुनेको संख्या मात्र ४ प्रतिशत छ । नेपालको कुरा गर्दा कोभिड–१९ ले नेपालमा अन्य देशहरुको तुलनामा कम जोखिम देखाएको छ । नेपालमा मृत्युदर ०।६३ प्रतिशत मात्र छ । नेपालमा अहिलेसम्म कोरोना सक्रमणबाट ५२० जनाको मृत्यु भएको छ । ८२ हजार ४ सय ५० संक्रमितको संख्या पुग्दा ६० हजार ६ सय ९६ निको भइसकेका छन् । एक्टिभ केस २१ हजार २ सय ३४ रहेको छ ।

आजका दिनमा सबैभन्दा बढि अमेरिकामा कोभिड–१९बाट मृत्यु हुनेको संख्या छ । अमेरिकामा पछिल्लो तथ्यांक अनुसार २ लाख १३ हजार ४९४ जनाको मृत्यु भएको छ । पछिल्लो तथ्यांकमा अमेरिकामा मात्रै ५० हजार १५ नयाँ केस देखिएको छ । अमेरिकामा अहिलेपनि १४ हजार बढि गम्भिर प्रकारका केस छन् । अमेरिकामा कोभिड–१९ पछि निको हुनेको संख्या ४७ लाख ७१ हजार बढि रहेको छ ।

भारतमा पनि कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या चर्को छ । भारतमा अहिलेसम्म १ लाख ८ सय बढिको मृत्यु भएको छ । भने, ५४ लाख २४ हजार बढि निको भएका छन् । ब्राजिलमा ४२ लाख ३२ हजार बढिले कोरोनालाई जितेका छन् । जहाँ ४८ लाख ८२ हजार बढि संक्रमित पुगेका छन् ।

रसियामा ९ लाख ७० हजार बढिले कोरोनालाई जितेका छन् । कोलम्बियामा ७ लाख ५३ हजार ९५३, पेरुमा ६ लाख ९० हजार ५२८, अर्जेन्टिनामा ६ लाख १४ हजार ५१५, मेक्सिकोमा ५ लाख ३७ हजार ४७५ जनाले कोभिड–१९ लाई परास्त गरेका छन् । दक्षिण अफ्रिकामा ६ लाख ११ हजार ०४४ निको भएर घर फर्किएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस