सुन तोलामा दुई सयले घट्यो

काठमाडौँ । शुक्रबार सुनको मुल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २ सयले घटेर प्रतितोला ९४ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यसअघि विहिबार सुन तोलाको ९४ हजार ५ सयमा कारोबार भएको थियो ।  त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ८ सयमा कारोबार भइरहेको छ । त्यसैगरी शुक्रबार चाँदीको मुल्य स्थिर रहदै तोलाको ११ सय ७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सेन्साई ब्राण्डका एयर कुलरको माग बढ्यो

काठमाडौं । सेन्साई ब्राण्डको एयर कुलरहरूको माग अत्यधिक बढ्दै गएको छ । कम्पनीका अनुसार गर्मी …

प्रतिकृया दिनुहॊस