व्यवसायी चन्द्रप्रसाद ढकाललाई कोरोना संक्रमण

काठमाडौं । व्यवसायी चन्द्रप्रसाद ढकालमा कोरोना संक्रमण देखिएको छ । आईएमई ग्रुपका अध्यक्ष ढकालमा आइतबार गरिएको परीक्षण्मा कोरोना देखिएको हो ।

उनले फेसबुमा लेखेका छन्, ‘विश्वमै महामारीका रुपमा रहेको कोभिड १९ को प्रकोप हाम्रो देशमा पनि बढ्दो रुपमा रहेको सबैलाई जानकारी नै छ । यस समयमा म आफू पनि जनस्वास्थ्यका मापदण्डहरु पालनाका साथ सतर्कता र सजगता अपनाइरहेको भए पनि हिजो (आइतबार) गरेको स्वास्थ्य जाँचका क्रममा आज बिहान मेरो स्वास्थ्य रिपोर्ट ‘पोजेटिभ’ देखिएको छ । तर मलाई स्वास्थ्यमा कुनै समस्या छैन, सामान्य अवस्थामै घरमा सुरक्षित आइसोलेसनमा बसेको छु ।’

आफ्नो स्वास्थ्यमा कुनै समस्या नरहेको र सामान्य अवस्थामै घरमा सुरक्षित आइसोलेसनमा बसेको उनले जनाएका छन् । ढकालले केही दिनयता आफ्नो सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउन आग्रह गरेका छन् ।

https://www.facebook.com/chandra.dhakal123/posts/1038021609985791

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेकपा एसको अध्यक्षमा घनश्यामको दाबी, झलनाथको समर्थन

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिने भएका छन् । सम्मानित नेता …

प्रतिकृया दिनुहॊस