आइतबार सुन तोलामा ६ सयले घट्यो

काठमाडौँ । आइतबार सुन र चाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ६ सयले घटेर प्रतितोला ९३ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार सुन तोलाको ९३ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ८ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी आइतबार चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेर तोलाको ११ सय ५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसा पुगेको छ ।

प्रतिकृया दिनुहॊस