भारतीय पूर्व केन्द्रीयमन्त्री जसवन्त सिंहको निधन

काठमाडौँ । भारतीय पूर्व केन्द्रीयमन्त्री जसवन्त सिंहको निधन भएको छ । अहिलेको सत्तारुढ दल भारतीय जनता पार्टीका संस्थापक सदस्य रहेका ८२ बर्षका सिंह २०१४ मा बाथरुममा लडेर टाउकोमा चोट लागेपछि कोमामा गएका थिए ।

भारतीय सेनाका पूर्व मेजर समेत रहेका सिंह पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको क्याबिनेटमा अर्थमन्त्री, रक्षामन्त्री र विदेशमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनी २०१२ मा एनडीएका तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार समेत बनेका थिए भने उनी हमिद अन्सारीसँग पराजित भएका थिए ।

२००९ को निर्वाचनमा दार्जलिङ क्षेत्रबाट लोक सभामा निर्वाचित भएका सिंह २०१४ को लोक सभा निर्वाचनमा राजस्थानबाट स्वतन्त्र उम्मेदवार बिजेपीले कारवाही गरेर पार्टीबाट निकालेको थियो । उनी १९८० मा पहिलो पटक राज्यसभाका लागि निर्वाचित भएका थिए भने उनी राज्य सभामा ५ पटक र लोकसभामा ४ पटक सांसद बनेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एमाले कांग्रेस मिल्नुपर्छ भन्ने छ, तर हामीलाई हतार छैन : रमेश लेखक

काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीले नयाँ समीकरण बनाउन हतार नगरेको बताएका …

प्रतिकृया दिनुहॊस