सुन तोलामा १२ सय घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ  । विहिबार पनि सुन र चाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १२ सयले घटेर प्रतितोला ९३ हजार १ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुन तोलाको ९४ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ६ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी विहिबार चाँदीको मुल्य तोलामा ७० रुपैयाँले घटेर तोलाको ११ सय २० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नोटमा नयाँ नक्सा छाप्ने निर्णयले समस्या निम्त्याउने चिन्ता

काठमाडौं । मन्त्रिपरिषद्को गत बिहीबार १०० रुपैयाँ दरका नोटमा नेपालको नयाँ नक्सा (चुच्चे नक्सा) छाप्ने …

प्रतिकृया दिनुहॊस