एमाले-माओवादी एकता संयोजन समिति बैठक

काठमाडौं ।  एमाले-माअ‍ोवादी पार्टी एकता संयोजन समितिको बैठक वालुवाटारमा जारी छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार भएको वार्ताले मंगलबार बिहान एकता संयोजन समितिको बैठक बस्ने निर्णय गरेको हो ।

यसै बैठकले नै यही वैशाख ९ गते पार्टीका लागि तय गरिएको पार्टी एकताको औपचारिक घोषणा हुने÷नहुने टुंगो लाग्ने बताइएको छ ।  एकता संयोजन समितिमा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड  एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन्।

अन्‍नपूर्ण पोस्ट्

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री