पाँच वर्षपछि पानी भरिएको रानीपोखरी !

काठमाडौं । भूकम्पले भत्किएको रानीपोखरीमा पाँच वर्षपछि पानी भरिएको छ । भूकम्पपछि पुनःनिर्माणका लागि खाली चौर बनाइएको रानीपोखरीमा पानी भरिएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार पोखरीसँगै पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरकोसमेत पुनःनिर्माण भएको छ । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरको रुपमा रहेको रानीपोखरी पुनर्निर्माणपछि पानी भरेपछि सुन्दर र मनमोहक बनेको छ । खानेपानी तथा सरसफाई मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले २ दिन लगाएर रानीपोखरीमा पानी भरेको हो ।रानीपोखरीको लम्बाई १८० मिटर रहेको छ भने चौडाई १४० मिटर रहेको छ । जसमा पानी भर्नका लागि निर्धारण गरिएको ९ फिट गहिराईमा पानी भरिएको छ । रानीपोखरीमा ३ करोड लिटर पानी भरिएको छ ।

रानीपोखरीको शिलान्यास २०७२ माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । पुनःनिर्माणका क्रममा कंक्रिट प्रयोग भएपछि बीचमा यो विवादमा तानिएको थियो । विवादपछि भक्तपुरका कालीगढको सहयोगमा कालोमाटो प्रयोग गरेर पोखरी निर्माण गरिएको हो ।

  • तस्वीर : रासस

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds