आइसियुमा उपचार गर्दागर्दै बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

रुपन्देही । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा आइसियुमा उपचार गर्दागर्दै थप एक कोरोना संक्रमित पुरुषको ज्यान गएको छ ।

बुटवल उपमहानगरपालिका–१० का ६९ बर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिएका छन् ।

उनी भदौ २२ गते अस्पतालमा भएका थिए । भने २२गतेदेखि आइसियुमा राखेर उपचार गर्दागर्दै आज मृत्यु भएको छ । उनलाई कुनै दीर्घरोग नभएको अस्पतालले जनाएको छ । उनको शव व्यवस्थापन सेनाले गर्ने जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस