परराष्ट्रमन्त्री ज्ञवालीलाई सरकारको प्रवक्ताको पनि जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएका छन् ।

प्रधानमन्त्रीले सञ्चारमन्त्री नियुक्त नहुँदासम्म प्रवक्ताको जिम्मेवारी दिएको ज्ञवालीले जानकारी गराएका छन् । यो अस्थायी प्रबन्ध मात्र भएको जानकारी दिंदै मन्त्री ज्ञवालीले भने, ‘सञ्चारमन्त्री नियुक्त नहुँदासम्मका लागि प्रधानमन्त्रीले त्यसअनुसार प्रबन्ध गर्नु भएको हो ।’

प्रधानमन्त्रीको सचिवालयले पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको नभई तोकिएको जानकारी दिएको छ । ‘मन्त्रिपरिषद् बैठकले निर्णय गरेर होइन, प्रधानमन्त्रीले तोक्नु भएको हो । यो सञ्चार तथा सूचना प्रविधिमन्त्री नियुक्त नगर्दासम्मका लागि हो’, प्रधानमन्त्रीको सचिवालयले भन्यो ।

गत फागुन २० गते युवराज खतिवडाले संवैधानिक प्रावधानअन्तर्गत राजीनामा दिएपछि प्रवक्ता तोकिएको थिएन । अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री आफैंले सम्हालिरहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मुक्तिनाथबाट फर्केको विद्यार्थी सवार बस दुर्घटना, २१ जना घाइते (नामसहित)

काठमाडौं । मुक्तिनाथ दर्शन गरेर फर्किँदै विद्यार्थी चढेको बस मंगलबार बिहान कागबेनी-मुक्तिनाथ सडक खण्डमा पर्ने …

प्रतिकृया दिनुहॊस