क्याप्टेन विजय लामालाई काेराेना संक्रमण

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना संक्रमण देखिएको छ ।

अहिले उनी सोल्टी होटेलमा छन् । दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्‍याएर फर्किएका उनले आइतबार स्वाब दिएका थिए  र आइतबार  नै उनको कोरोना पोजिटिभ नतिजा आएको हो।

उद्धार उडान शुरु भएसँगै नेपाल एयरलाइन्सले आफ्ना कर्मचारीलाई सोल्टीमै क्वारेन्टिनमा राख्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप