काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका ३२ जना मध्ये ६ जनाको शव फेला परेको छ ।
बाह्रविसे नगरपालिका-७ को भिरखर्क, नागपूजे र नेवा टोलमा पहिरो जाँदा बेपत्ता भएकामध्ये ६ जनाको शव भेटिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रजिअ बाबुराम खनालले जानकारी दिए । उनले भने, ‘६ जनाको शव भेटिएको छ । २६ जना अझै बेपत्ता छन् । उद्धार कार्य जारी छ ।’
गएरातिको पहिरोले दुई गाउँका १७ घर बगेका छन् । स्थानीय फड्के खेतबाट खसेको पहिरोले नागपुजेमा ७ र भिरखर्कमा १० घर पुरिएका हुन् । बेपत्ताहरूको खोजी गर्ने प्रयास जारी छ ।
यसैबीच पहिरो प्रभावितको अवलोकनका लागि सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक जाँदैछन् । सभामुख सापकोटा त्यसतर्फ प्रस्थान गरेको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । मौसम अनुकूल भए उद्धारका लागि हेलिकोप्टर पनि पठाउने तयारी भइरहेको छ ।
प्रतिकृया दिनुहॊस