मेलम्ची । खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको निर्माणको प्रगति तिब्र रुपमा भइरहेको उल्लेख गरिन् । मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग निर्माण सम्पन्न भएको अवसरमा आयोजना गरिएकाे कार्यक्रममा मन्त्री मगरले भनिन्, ‘सगरमाथा चढ्दा हिलारी स्टेप भन्ने हुन्छ, त्यहाँ पुगेपछि हामी सगरमाथाको शिखर चढेको अनुभूति हुन्छ। मेलम्ची खानेपानी आयोजना सुरुङ मार्ग निर्माण सकिएको छ । हामी हिमाली स्टेपमा पुग्यौं। अब केही महिनामै सगरमाथाको चुचुरोमा पुग्छौं।’
काठमाडौंको प्यास मेटाउने सिन्धुपाल्चोकका जनतालाई उनले धन्यवाद समेत दिएकी छिन् । औपचारिक कार्यक्रमअघि उपराष्ट्रपति नन्दबहादुर पुनले २६ किमी लामो सुरुङ मार्गको उद्घाटन गरेका थिए। कार्यक्रममा आयोजना प्रमुख रामचन्द्र देवकोटाले आयोजनाको ब्रिफिङ गरेका छन् ।
तपाईंको प्रतिकृया




