मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनुपमा खुञ्जेली, वाणिज्य बैंकमा पहिलो महिला सीईओ

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अनुपमा खुञ्जेली नियुक्त भएकी छिन् । बिहीबार बसेको बैंक सञ्चालक समितिकाे बैठकले आगामी चार वर्षको लागि खुञ्जेलीलाई सीईओमा नियुक्त गरेको हो । यस नियुक्ती सँगै खुञ्जेलीले नेपालमा वाणिज्य बैंक समूहतर्फ पहिलो प्रमुख कार्यकारी अधिकृतको इतिहास र पहिचान बनाएकी छिन् । २७ वर्ष बैकिङ क्षेत्रमा काम गरेकी खुञ्जेली मेगा बैंकमा विगत ५ महिनादेखि कामु प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिर्इन् । उनले मेगा बैंकमा नायब महाप्रबन्धक र सहायक प्रमुख कार्यकारी अधिकृत भएर ८ वर्ष व्यवस्थापकीय नेतृत्व गरिसकेकी छिन् ।

तत्कालिन ग्रिनलेज (हाल स्ट्याण्डर्ड चार्टर्ड) बैंकबाट बैंकिड करिअर शुरु गरेकी खुञ्जेलीले सोही बैंकमा १३ वर्ष, त्यसपछि नविल बैंकमा ६ वर्ष काम गरेकी थिइन् । खुञ्जेलीले एस म्यानेजमेन्ट इन्स्टच्यूटबाट एमबीए गरेकी छिन् । हाल यस बैंकको पुँजी ८ अर्ब रुपैयाँ छ । निक्षेप ४१ अर्ब ५० करोड, कर्जा ४१ अर्ब रुपैयाँ छ । बैंकको शाखा ४७ वटा छ भने कर्मचारी ५६० जना छन् ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लिए शपथ, समस्यालाई अवसरमा बदल्ने प्रतिबद्धता

काठमाडाैं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन्। …

प्रतिकृया दिनुहॊस