गण्डकी प्रदेशमा आइतबार थपिए ६७ संक्रमित

पोखरा । गण्डकी प्रदेशमा आइतबार थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा, चितवन मेडिकल कलेज, चितवन र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा आइतबार थप ६७ जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमितहरुमा कास्कीका २० जना, स्याङजाका २२ जना, नवलपरासी पूर्वका १३ जना, तनहुँका ७ जना, बाग्लुङका ३ जना र लमजुङका २ जना रहेका छन् ।

कास्की जिल्ला, पोखरा महानगरपालिकाका २ जना महिला पार्कल्याण्ड अस्पताल, अमरसिंह चोकमा कार्यरत स्वास्थ्यकर्मी (स्टाफनर्श) हुन् । त्यस्तै लमजुङ जिल्ला, बेशीसहरका २ जना रिलायन्स फाईनान्समा कार्यरत कर्मचारी हुन् ।

अन्य सबै संक्रमित कन्ट्रयाक्ट ट्रेसीङबाट पहिचान भएका संक्रमित भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

अहिलेसम्म प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १७७३ रहेको छ भने निको हुने दर ७०.५ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

त्यस्तै प्रदेशमा अहिलेसम्म २५१४ जना संक्रमित भएका छन् भने गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री