कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या २ करोड ६७ लाख नाघ्यो, कति भए निको ?

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ६७ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या २ करोड ६७ लाख ३७ हजार ६ सय ४६ पुगेको हो ।

हालसम्म कोरोना संक्रमणबाट ८ लाख ७६ हजार ९ सय २८ जनाको मृत्यु भइसकेको छ भने १ करोड ७८ लाख ४ हजार १ सय ९३ जना निको भइसकेका छन् । सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ६२ लाख ४२ हजार ३९ पुगेको छ भने १ लाख ८८ हजार ५ सय १ जनाको मृत्यु भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री