त्रिवि शिक्षण अस्पतालमा २ संक्रमितको मृत्यु

काठमाडौँ । काठमाडौँको  त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा  काठमाडौं मैतिदेवीका ७५ वर्षीय  पुरुष र तनहुँकी २० वर्षीया  महिला रहेका छन् ।  उनीहरु दुवै जनाको मंगलबार साँझ मृत्यु भएको हो ।

सुगर प्रेसर जस्ता दीर्घरोग भएको ७५ वर्षीय पुरुष गत भाद्र १५ गते अस्पताल भर्ना भएका थिए  भने  २० वर्षीया महिलालाई बाथरोथ र मिर्गौलाको समस्या थियो र उनी भाद्र १६ गते  भर्ना भएकी थिइन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री