पोखरा । गण्डकी प्रदेशमा आज बुधबार थप ३५ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रदेशका ४ जिल्लामा ३५ जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार कास्कीमा २३ जना, तनहुँमा १ जना ,नवलपरासी बर्दाघाट सुस्ता पुर्वमा ७ जना र लमजुङ ४ जना गरी जम्मा ३५ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२ हजार ४५ पुगेको छ ।

तपाईंको प्रतिकृया




