काठमाडौं । अवकास लिँदै गरेका नेपाल प्रहरीका आइजिपी प्रकाश अर्यालको बिदाई हुँदैछ । प्रहरीको मुख्यालयमा बेलुका ६ बजे अर्यालको बिदाई कार्यक्रम हुँदैछ । ३० वर्षे सेवा अवधिका कारण आइजिपी अर्यालले अवकास पाउँदै छन् । नयाँ आइजिपीमा सवेन्द्र खनाललाई सरकारले नियुक्त गर्ने निर्णय गरिसकेको छ ।
प्रकाश अर्यालले बिदाई कार्यक्रममा नवनियुक्त आइजिपी खनाललाई पदको बुझबुझारथ र बधाई आदान प्रदान गर्नेछन् । प्रहरीले अर्याललाई बिदाईमा सलामी दिने छ ।
तपाईंको प्रतिकृया




