बुटवल कोरोना अस्पतालमा कपिलवस्तुका ५० वर्षीय संक्रमितको मृत्यु

काठमाडौं । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तुको कपिलवस्तु नगरपालिका-१ तौलिहवाका ५० वर्षीय पुरुषकाे उपचारका क्रममा गएराती मृत्यु भएको हो ।

गत भदौ ५ गते अस्पतालमा भर्ना भएका उनको मृत्यु भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले पुष्टि गरे । भेन्टिलेटरमा उपचार गराइरहेका उनी उच्च रक्तचाप, मधुमेह र मिर्गौला सम्बन्धि रोगबाट पीडित थिए ।

योसँगै बुटवलको कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री