बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–२ अर्नाक मंगलबार बिहान गएको पहिरोले घर पुरिँदा एक युवतीको मृत्यु भएको छ ।
अबिरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले स्थानीय प्रकाश परियारको घर माटोको डिस्कोले पुर्दा १९ बर्षीय युवती पूजा परियारको ज्यान गएको हो । घरमै सुतेकी पूजा पहिरोले च्यापिए पछि मृत अवस्थामा भेटिएको वडाध्यक्ष युवराज महतले जानकारी दिएका छन् ।
परियार पुरिएको ठाउँबाट स्थानीयले शव निकालेका छन् । घरदेखि करिब दश मिटरमाथि बाट खसेको माटोको डिस्कोले घरको पछाडीको भाग भत्किएको छ । मृतक परियारको आमा, बहिनी र दुई भाई अर्को घरमा सुतेको हुँदा उनीहरु सुरक्षित रहेका छन ।
परियार सोमबार रातीको खाना खाएर सुत्नको लागि उक्त घरमा गएको बताइएको छ । मृतकका बाबु प्रकास परियार भने वैदेशिक रोजगारीको क्रममा कतारमा रहेका छन् ।
प्रतिकृया दिनुहॊस