mainnews

भरतपुर अस्पतालको परिक्षणमा १७ जनालाई कोरोना पुष्टि

चितवन । भरतपुर अस्पताल कोभिड प्रयोगशालामा गरिएको परिक्षणमा थप १७ जनामा कोरोना पुष्टि भएको छ ।

अस्पतालले भदौ ८ गते ४०५ नमुना परिक्षण गरेकोमा २० जनाको पोजेटिभ आएको जानकारी दिएको छ । अस्पतालले दिएको जानकारी अनुसार नयाँ संक्रमितहरुमा १५ जना चितवनका रहेका छन् भने मकवानपुर र नवलपुरका एक एक जना रहेका छन् ।

चितवनका नयाँ संक्रमितहरुमा भरतपुर महानगरको वडा नम्बर ३, १०, ११, १२ र १५ का ९ जना रहेका छन् भने रत्ननगरको वडा नम्बर ५ र १० का २ जना तथा राप्तीको वडा नम्बर २ र ८ का ४ जना रहेका छन् ।

भरतपुर अस्पतालएल यो विवरण भदौ ८ गते राति १० बजेसम्मको परिक्षणको भएको जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दार्चुलामा जात्रा हेरेर फर्केका यात्रु सवार जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ७ घाइते

काठमाडौं । दार्चुलाको मालिकार्जुन जात्राबाट फर्केका दर्शनार्थी चढेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । मालिकार्जुन जात्राबाट गोकुलेश्वरतर्फ आइरहेको जिप दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डीएसपी प्रकाश दाहालकाअनुसार शैल्यशिखर नगरपालिका-६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप शुक्रबार बिहान ४ बजेतिर दुर्घटना भएको हो ।

प्रतिकृया दिनुहॊस