काठमाडौं । विश्वभर कुल कोरोना संक्रमितमध्ये प्रति एक सयमा ६७ जना अर्थात ६७ प्रतिशत संक्रमणमुक्त भएको पाइएको छ । कोरोना भाइरस सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको साइट वर्ल्डोमिटर्सका अनुसार विश्वभर बिहानसम्म २ करोड ३१ लाख ५ हजार ७८ जना संक्रमित भएका छन् ।
कुल संक्रमितमध्ये १ करोड ५७ लाख ८५२ जना संक्रमणमुक्त भएका छन् । यसमध्ये १ लाख ८३ हजार ९२७ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन् । यस्तै एकैदिन ५ हजार ८३४ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ८ लाख २ हजार ८८९ पुगेको छ ।
सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।
प्रतिकृया दिनुहॊस