कर्णाली पत्रकार समाज गठन, अध्यक्षमा भरतबन्धु थापा

काठमाडौं ।   कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट काठमाडौँ आएर पत्रकारिता गर्ने  पत्रकारहरुको भेलाले कर्णाली पत्रकार समाज गठन गरेको छ ।  विभिन्न मिडिया हाउस र सञ्चारमाध्यममा आवद्ध पत्रकारहरुको शनिबारको भेलाले कर्णाली पत्रकार समाज, काठमाडौं गठन गरेको हो ।

पर्यटन तथा फोटो पत्रकार भरतबन्धु थापा (दैलेख)को अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा डिल्ली पाण्डे (जुम्ला), महासचिवमा कमल न्यौपाने (सुर्खेत), सचिवमा गीता थापा (सुर्खेत) र कोषाध्यक्षमा रविन्द्र सुवेदी (दैलेख) लाई चयन गरेको हो ।

समितिको सदस्यहरुमा विष्णु विश्वकर्मा (सुर्खेत), रामकुमार शाही (जाजरकोट), धनराज योगी (कालीकोट), नन्दा बस्नेत (सुर्खेत), चिरञ्जीवी सापकोटा (सुर्खेत), बिष्णु फडेरा (हुम्ला), जोसेफ शाही (दैलेख), खेमराज वली (सुर्खेत), सूर्यबहादुर रोकाय (मुगु) र आइसिंह रोका मगर (जाजरकोट) रहेका छन् ।

दैलेख क्षेत्र नम्बर–१, का प्रतिनिधिसभा सांसद रविन्द्रराज शर्माको उपस्थितीमा गठन गरिएको समितिको सल्लाहकारहरुमा सूर्यमणि गौतम, नेत्र केसी र हरिहर अधिकारी (श्यामल)लाई प्रस्ताव गरिएको समितिका अध्यक्ष भरतबन्धु थापाले जानकारी दिए।

यस्तै गरी समितिले विधान निर्माण तथा संस्था दर्ताका लागि महासचिव कमल न्यौपानेको संयोजकत्वमा तीन सदस्यीय उपसमिति पनि गठन गरेको छ । उप–समितिको सदस्यमा खेमराज वली र रविन्द्र सुवेदी सदस्य हुनुहुन्छ ।

कर्णाली प्रदेशका समस्या र तिनको समाधानका लागि पत्रकारितामार्फत आवाज उठाउने उद्धेश्य राखेको समितिले ६ महिनाभित्र साधारणसभा गर्ने जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री