नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०४ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्सा जिल्लाका एक पुरुष र मोरङकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय चार पुगेको छ । जसमध्ये ८१ पुरुष र २३ महिला रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री