राष्ट्र बैंकको निर्देशन- ‘कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउनु’

काठमाडौं । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई घरबाटै काम गर्ने तथा आलोपालो कर्मचारी व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

कोभिड १९ को जोखिम बढरिहँदा बैंकका कर्मचारीहरु पनि संक्रमित भइरहेको अवस्थामा बैंक तथा वित्तिय संस्थाहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै सेवा सञ्चालन गर्न निर्देशन दिएको हो ।

कर्मचारीहरुलाई जनस्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै आलो पालो उपस्थित भई काम गर्ने व्यवस्था मिलाउन तथा घरमै बसेर कार्यसम्पादन गर्ने व्यवस्था मिलाउन केन्द्रीय बैंकले निर्देशन दिएको हो ।

यस्तै राष्ट्र बैंकले बैंक तथा वीत्तीय संस्थाको प्रदेश तथा शाखा कार्यालयहरुले पनि न्युनतम् कर्मचारीहरुबाट वैकल्पिक रुपमा आलोपालो सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउन भनेको छ ।

कोरोनाको जोखिमबाट बच्न बैंक तथा वित्तीय संस्थालाई विद्युतीय माध्यमबाट हुने कारोवारलाई प्रोत्साहन गर्न पनि आग्रह गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त भएका छन् । …

प्रतिकृया दिनुहॊस