काठमाडौं । चितवनको माडीस्थित अयोध्यापुरीमा राम मन्दिर बनाउन प्रधानमन्त्रीले दिएको निर्देशनप्रति कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कडा टिप्पणी गरेका छन् ।
शनिबारमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले माडी नगरपालिका जनप्रतिनिधिलाई राम मन्दिर बनाउने काम अघि बढाउन निर्देशन दिएका थिए । सामाजिक संजालमा प्रवक्ता शर्माले भक्त चेपाङको घर जलाएर भगवान् रामको मन्दिर बनाउने ? द्वन्द्वात्मक भौतिकवादको यो कस्तो अध्यात्मिक अवतार ? भन्दै प्रश्न गरेका छन् ।
प्रवक्ता शर्माले यस्तो कर्मले प्रसन्न हुनुहोला भगवान् राम कि घर जलेका भक्तले क्षमा देलान् भन्दै कार्ल मार्क्सको आत्मालाई शान्ति मिल्ला कि ‘मिशन लिम्पियाधुरा’लाई बल पुग्ला भन्दै प्रश्न गरेका छन् ।
प्रवक्ता शर्माले लेखेका छन् – ‘भक्त चेपाङको घर जलाउने अनि भगवान रामको मन्दिर बनाउने ! द्वन्द्वात्मक भौतिकवादको यो कस्तो अध्यात्मिक अवतार ? यस्तो कर्मले प्रसन्न हुनुहोला भगवान राम कि घर जलेका भक्तले क्षमा देलान् ? कार्ल मार्क्सको आत्मालाई शान्ती मिल्ला कि `मिशन लिम्पियाधुरा´लाई बल पुग्ला प्रधानमन्त्री केपी शर्मा ओली ?
भक्त चेपाङको घर जलाउने अनि भगवान रामको मन्दिर बनाउने ! द्वन्द्वात्मक भौतिकवादको यो कस्तो अध्यात्मिक अवतार ?
यस्तो कर्मले प्रसन्न हुनुहोला भगवान राम कि घर जलेका भक्तले क्षमा देलान् ? कार्ल मार्क्सको आत्मालाई शान्ती मिल्ला कि `मिशन लिम्पियाधुरा´ लाई बल पुग्ला @PM_Nepal ?
— Bishwa Prakash शर्मा (@bishwaprakash77) August 9, 2020
प्रतिकृया दिनुहॊस