सर्वोच्चको अर्को विवादस्पद निर्णय : कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्या आरोप लागेका बटालालाई सफाइ

काठमाडौं । सर्वोच्च अदालतले कोटेशवरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपितमध्येका एक गोविन्दबहादुर बटालालाई सफाइ दिएको छ ।

उनी श्रेष्ठलाई काठमाडौंदेखि चितवनसम्म अपहरण गर्ने कामम प्रत्यक्ष संलग्न थिए । रञ्जन कोइरालाको फैसला विवादित भएको एक महिना नबित्दै सर्वोच्चले त्यस्तै प्रकृतिको अर्को फैसलाको पूर्णपाठ सार्वजनिक गरेको हो ।

यो मुद्दाको फैसलामा न्यायधीशहरु तेजबहादुर केसी र टंकबहादुर मोक्तान संलग्न थिए । केसी कोइरालाको विवादित फैसलामा संकेत संलग्न न्यायधीश हुन् ।

सर्वोच्चको संयुक्त इजलासले बटालालाई घटनतामा संलग्न नभएको भन्दै सफइ दिएको छ भने अर्का आरोपित संकल्प भनिने अर्जुन कार्कीलाई जिल्ला र पुनरावेदन अदालतकै फैसला सदर गरी २० रुपैयाँ जरिवाना गरेको छ ।

बटालाले यसअघि नै ३ वर्ष १५ दिन कैद भुक्तान गरिसकेका छन् । यो फैसलाले उनलाई नैतिक पतन हुनबाट जोगाएको छ ।

यो मुद्दामा जोडिएका ३ जना अहिले पनि फरार भएकाले मुद्दा मुल्तवीमा राखिएको छ । सर्वोच्चले २०६८ असार ६ गते श्रेष्ठको अपहरणदेखि अपराधको सिलसिला सुरु भएको भनी त्यसमा संलग्नहरु कसुरदार हुने व्याख्या गरेको थियो ।

त्यो व्याख्या विपरित अहिले बटालालाई सफाइ दिएको हो । कालीबहादुर खाम, बटालालगायतको टोलीले श्रेष्ठलाई कोटेश्वरको घरबाट अपहरण गर्दादेखि शक्तिखोर पुर्याउँदा कुटपिट गर्दा र उनको शव त्रिशुलीमा फाल्दा विभिन्न कसुर आकर्षित हुने अपराध भएका छन् ।

तर मुद्दाको अभियोजन गर्ने प्रहरी र सरकारी वकिलले अपहरण तथा शरीर बन्धक, कुटपिट अनि ज्यान मारेको मुद्दा नचलाइ केवल कर्तव्य ज्यानको अभियोगम मात्रै मागदाबी लियो । कान्तिपुर दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछानेको तेस्रो दिनको बयान सुरु

काठमाडाैं । सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पोखराबाट रूपन्देहीको भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) …

प्रतिकृया दिनुहॊस