अनुहारको चाउरीपनबाट जोगाउने महत्वपूर्ण टिप्सहरु

पाकेको केरालाई पेस्ट बनाएर अनुहारमा दल्नुहोस र आधा घन्टापछि मन तातो पानीले अनुहार धुदा अनुहारमा निखार आउनुका साथै चाउरी पर्नबाट जोगाउँछ ।

घ्युकुमारीको रस निकालेर निमित अनुहारमा दल्नुहोस् । यसमा हुने विशेष प्रकारको एसिडले अनुहारको छालाको कोषलाई बलियो बनाउँछ र समयमै च्याउरी पर्न वा धोल्लो हुनबाट बचाउछ ।

 मह र  दुधलाई मनतातो पानीमा मिसाउने र यो पेस्टलाई अनुहारमा दल्ने । दश मिनेटपछि अनुहार धुँदा अनुहारको छालामा निखारता आउनुका साथै छाला कसिलो हुन्छ ।

साँझ एक मुठी आलमोन्ड काँचो दुधमा भिजाउनुहोस् । बिहान उठेपछिे बोक्रा फालेर आल्मोन्ड पिसनुहोस र पेस्टलाई अनुहारमा दल्नुहोस । आधाघन्टापछि अनुहार मन तातो पानीले सफा गर्नुहोस् ।

एक टुक्रा अदुवालाई मसिनो गरी पिस्नुहोस र त्यसमा एक चम्चा मह मिसाएर बिहान र बेलुका खानुहोस् । यसले अनुहारको छालाको कसिलो बनाउने कोलेजेसनलाई टुट्नबाट बचाउँछ । यसले अनुहारमा धर्सा आउन र छला झोल्लिनबाट जोगाउँछ ।
जैतुनको तेलले अनुहार सफा गर्नुहोस् । यो तेलमा भिटामिन ए र ई हुन्छ जसले छालालाई कसिलो बनाउँछ ।

पाकेको मेवालाई पिसेर त्यसमा  मह मिसाएर अनुहारमा दल्ने । १० मिनेटपछि मन तातो पानीले अनुहार सफा गर्नुहोस् । नियमित रुपमा यो अभ्यास गर्दा अनुहारको छाला कसिलो हुन्छ ।

कागतीमा साइट्रिक एसिड हुन्छ । कागतीको रसलाई दही वा महमा मिलाएर अनुहारमा लगाउनुहोस । 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री