कोरोना अपडेट : विश्वभर ७ लाख ११ हजारको मृत्यु, १ करोड ८९ लाखभन्दा बढी संक्रमित

काठमाडौं । विश्वभर १ करोड ८९ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार बिहानसम्म म्म एकैदिन २ लाख ७० हजार ५४५ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८९ लाख ७० हजार ८३७ पुगेको हो ।

कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी निको भएका छन् । बिहीबार बिहानसम्म १ करोड २१ लाख ६० हजार ६७५ जना निको भएका छन् । यस्तै एकैदिन ६ हजार ८३० जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख ११ हजार १०८ पुगेको छ ।

नेपालमा अहिलेसम्म २१ हजार ३ सय ९० जनालाई कोरोना संक्रमण भएको छ । जसमध्ये १५ हजार १ सय ५६ जना निको भइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा अहिलेसम्म ६० जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । नेपालमा एक साता यता कोरोना संक्रमितको संख्या बढ्दो छ । सरकारले लकडाउन अन्त्य गरेसँगै संक्रमितको संख्या बढेको हो ।

छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमणको दर उच्च रहेको छ । पछिल्लो तथ्यांक अनुसार भारतमा अहिलेसम्म ४०,७५९ को मृत्यु भएको छ । जहाँ अहिलेसम्म १९,६३,२३९ कोरोना संक्रमित भइसकेका छन् । भारतमा कोभिड–१९ संक्रमणपछि निको भएर घर जानेहरुको संख्या २०,२०,६३७ पुगेको छ ।

अमेरिकामा अहिलेसम्म १,६१,५९६ जना कोभिड–१९ का कारण मृत्यु भएको छ । अमेरिकामा ४,९,७३,३१५ संक्रमित भइसकेका छन् । यता ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख पुग्न लागेको छ । ब्राजिलमा अहिलेसम्म ९७, ४१८ को मृत्यु भइसकेको छ ।

मेक्सिकोमा ८४, ८९६ जनाको मृत्यु भएको छ । पेरुमा २०,००७, रुसमा १४,४९०, दक्षिण अफ्रिकामा ९,२९८ को मृत्यु हुँदा स्पेनमा २८,४९९ को मृत्यु भएको छ । कोलम्बियामा ११,६२४, चीलीमा ९,७९२, इरानमा १७, ८०२ को मृत्यु भएको छ ।

बेलायतमा ४६, ३६४ को मृत्यु हुँदा इटालीमा ३५,१८१ को मृत्यु भएको छ । फ्रान्समा पनि कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या बढ्दो छ । फ्रान्समा अहिलेसम्म ३०,३०५ को मृत्यु भइसकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री