कोरोना अपडेट : विश्वभर १ करोड ८१ लाख संक्रमित, ६ लाख ९१ हजारको मृत्यु

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८१ लाख पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या १ करोड ८१ लाख ८५ हजार १५ पुगेको हो।

कोरोना संक्रमणबाट हालसम्म ६ लाख ९१ हजार ३ सय ३ जनाको मृत्यु भइसकेको छ भने १ करोड ८ लाख ३५ हजार ७ सय ८९ जना निको भएका छन्।

कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ४७ लाख ११ हजार ३ सय २३ पुगेको छ भने १ लाख ५५ हजार ३ सय ६६ जनाको मृत्यु भइसकेको छ।

यस्तै, ब्राजिलमा २७ लाख ३३ हजार ६ सय ७७ संक्रमित र ९४ हजार १ सय ४ मृत्यु, भारतमा १८ लाख ३ हजार ६ सय ९५ संक्रमित र ३८ हजार १ सय ३५ मृत्यु तथा रुसमा ८ लाख ५४ हजार ६ सय ४१ संक्रमित र १४ हजार १ सय ८३ जनाको मृत्यु भएको छ।

यस्तै, मेक्सिकोमा ४ लाख ३९ हजार ४६ संक्रमित र ४७ हजार ७ सय ४६ जनाको मृत्यु भएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारले राख्यो यी ५२ ओटा रोगलाई सङ्क्रामकको सूचीमा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार पारेको छ । सरकारले राजपत्रमा …

प्रतिकृया दिनुहॊस