मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा श्यामसुन्दर शर्मा नियुक्त

काठमाडौं । मुक्तिनाथ विकास बैंकको संचालक समितिले श्यामसुन्दर शर्मालाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको छ ।

शर्माले  नेपाल सरकारको उच्चपदमा रही विभिन्न मन्त्रालय अन्तर्गत करिव ३९वर्ष कार्य  गरेको अनुभव छ ।

नेपालमा उनी   एक व्यवस्थापन विज्ञको रुपमा परिचित छन्  र साथै, विभिन्न दातृ निकायहरुमा नीतिगत परामर्शदाताको रुपमा कार्य गर्दै आएका छन् ।

उनले लिभरपुल विश्वविद्यालय, बेलायतबाट तथा त्रिभुवनविश्वविद्यालयबाट Public Administration विषयमा स्नातकोत्तरतह , त्रिभुवन विश्वविद्यालयबाट Business Administrationविषयमा  स्नातकोत्तर तह र सर्रे विश्वविद्यालय, बेलायतबाट, Tourism Managementl विषयमा अध्ययन गरेका छन्  ।

मुक्तिनाथविकास बैंकले हाल ४२ जिल्लामा १३७ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथाकर्जा सेवाहरु प्रदानगर्दै आई रहेको छ ।

साथै, प्रविधिमाआधारित रहीमोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्गलगायतका सेवाहरु  प्रदान गर्दै आई रहेको छ ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस