मेगा बैंकबाट अब दुई दिनमै कर्जा स्वीकृति हुने

काठमाडौं । मेगा बैंकले  ग्राहकलाई लक्षित गर्दै  साना तथा मझौला(एसएमई) कर्जा योजना ल्याएको छ ।

बैंकले दशौं वार्षिकोत्सवको अवसरमा ८.३२ प्रतिशत ब्याजदरमै कर्जा दिने गरी नयाँ योजना ल्याएको हो ।

अब साना तथा मझौला व्यवसायीहरुले एक करोडसम्मको कर्जा लिँदा ८.३२ ब्जाजदरमै कर्जा पाउनेछन् ।

यो ब्याजदर एक बर्षसम्म नबढ्ने बैंकले जनाएको छ । आवश्यक सम्पूर्ण कागजातसहित निवेदन दिएको दुई दिनमै कर्जा स्वीकृति हुने ब्यवस्था मिलाइएको मेगा बैंकले जनाएको छ । मेगाका देशभर छरिएका २ सय ६ वटा शाखाबाट यो सुविधा पाइनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री