यो अनौठो होटेल स्विजरल्याण्डमा रहेको छ । यसको नाम हो Null Stern Hotel यो होटलको न कुनै छानो छ, न कुनै भित्ताहरु । खुल्ला आकाशमुनि खुल्ला ठाउँमा राखिएको बेडहरु नै यो होटलका संरचना हुन् । एउटा डाँडोको टुप्पोमा यो होटल छ । यहाँ बाथरुमको पनि कुनै व्यवस्था छैन ।
स्विजरल्याण्डका दुईजना कलाकार फ्रेंक र रिकलिनले यो होटल बनाएका हुन् । विस्तारै ग्राहकहरुले यसलाई मन पराउन थालेपछि पर्यटकका लागि यो खुल्ला गरियो ।
खुल्ला आकाशमुनि चउरमा रहेको यो होटलमा बास बस्नु निकै महंगो छ । यहाँ एक रातका लागि अढाई सय डलर खर्च गर्नुपर्दछ ।
एजेन्सी
प्रतिकृया दिनुहॊस