काठमाडौं । गरिमा विकास बैंकले अब अनलाइनबाटै खाता खोल्ने सकिने सुविधा ल्याएको छ । बैंकको वेबसाइटमा गएर अनलाइन अकाउन्ट ओपनिङमा क्लिक गरी अनलाइनबाटै खाता खोल्न सकिने गरिमा विकास बैंकले जनाएको छ ।
त्यसपछि आफूले खोल्न चाहेको खाताको प्रकार छनौट गरी अनुरोध बमोजिम आफ्नो विवरण भरी कागजात अपलोड गर्नुपर्ने हुन्छ । यो प्रक्रिया पुरा गरेपछि इमेलमा आउने जानकारीका आधारमा सुविधा प्रयोग गर्न सकिने छ ।
तपाईंको प्रतिकृया



