सुनको भाउ प्रतितोला ९६ हजार ३ सय पुग्यो

काठमाडौं । सुनचाँदीको भाउले निरन्तर नयाँ रेकर्ड कायम गर्दै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुन तोलाको ९६ हजार ३ सय रुपैयाँ कायम छ ।

शुक्रबार भने तोलाको ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको भाउ पनि तोलाको ९५ हजार ८ सय ६० रुपैयाँ पुगेको छ ।

गत शुक्रबार तोलाको ९५ हजार ३ सय ६५ मा कारोबार भएको थियो । चाँदीको भाउ पनि निरन्तर बढेर तोलाको १ हजार १ सय ५५ रुपैयाँ पुगेको छ । शुक्रबारको तुलनामा तोलामा ५ रुपैयाँले बढेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप